२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० जना भन्दा बढी पत्रकारहरू पक्राउ

अ+ अ-

काठमाडौँ । २० जना भन्दा बढी पत्रकारहरू पक्राउ परेका छन् । इजरायली सेनाले गाजा जाने सहायता फ्लोटिलामा रोकेपछि खवरदारी गर्ने २० जना भन्दा बढी विदेशी पत्रकारहरूलाई इजरायलले गिरफ्तार गरेको भन्दै रिपोर्टर्स विदाउट बोर्डर्सले निन्दा गरेको छ । 

यसले सूचनाको स्वतन्त्र प्रभाहका लागि  पत्रकारहरूलाई तत्काल रिहाइको आह्वानसमेत गरेको छ । विज्ञप्तिमा पेरिस स्थित मिडियाले गत महिना गाजाका लागि यात्रा गरेको फ्लोटिलामा २० जना भन्दा बढी विदेशी पत्रकारहरू रहेको बताएको छ, जहाँ संयुक्त राष्ट्र संघले अनिकाल भइरहेको बताएको छ ।

पत्रकारहरूलाई बुधवार देखि शुक्रबारको बिचमा पक्राउ गरिएको  र कार्यकर्ताहरूलाई गाजा तर्फ लिएर गइरहेका डुङ्गाहरूलाई रोकेको आरएसएफले जनाएको छ । 

करीव ४०० भन्दा बढी मानिस बोकेका जहाजहरूलाई गाजा पट्टीमा पुग्नबाट रोकियो, एक इजरायली अधिकारीले बताए । पत्रकारहरूलाई पक्राउ गर्नु र उनीहरूलाई काम गर्नबाट रोक्नु सूचना दिने र सूचित हुने अधिकारको गम्भीर उल्लङ्घन भएको आरएसएफका प्रमुख मार्टिन रौक्सले बताए । 

आरएसएफले मानवीय अभियानलाई कभर गर्न यी जहाजहरूमा रहेका समाचार व्यवसायीहरूको अवैध गिरफ्तारीको निन्दा गरेको रौक्सले प्रस्ट पारे ।जहाजमा रहेका करिब २० जना पत्रकार मध्ये स्पेनको एल पाइस, कतारको अल जजीरा र इटालीको सार्वजनिक प्रसारणकर्ता आरएआईका पत्रकारहरू थिए ।

गिरफ्तारी सुरु भएदेखि मिडिया संस्थाहरूसँग “उनीहरूका पत्रकारहरूको कुनै समाचार नआएको आरएसएफले बताएको छ । इजरायलले गिरफ्तार गरिएका व्यक्तिहरूलाई युरोपमा निर्वासित गर्ने बताएको छ, भने हाल कुनै पनि जहाजले गाजाको समुद्री नाकाबंदी उल्लङ्घन गरेको छैन ।

युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय प्रेसलाई प्यालेस्टिनी क्षेत्रमा स्वतन्त्र रूपमा सञ्चालन गर्न अनुमति दिइएको छैन। इजरायली सेनासँग संलग्न मिडियालाई मात्र प्रवेशको अनुमति दिइएको छ, भने तिनीहरूको रिपोर्टिङ कडा सैन्य अनुगमनको अधीनमा छ ।

आरएसएफका अनुसार प्यालेस्टिनी उग्रवादी समूह हमासले सन् २०२३ अक्टोबर–७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सैन्य कारबाही सुरु भएदेखि २१० भन्दा बढी पत्रकार मारिएका छन् ।