२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धादिङमा छोराद्वारा आमाको हत्या, आरोपी प्रहरी नियन्त्रणमा

अ+ अ-

धादिङ । धादिङकोत्रिपुरा सुन्दरी गाउँपालिका-५ थापाकटेरीमा आइतबार राति एक युवकले आफ्नै आमाको हत्या गरेका छन्। करिब ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रयोग गरी आमा राममाया कँडेल (५५) को हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ।

प्रहरीका अनुसार घटनापछि कँडेलले घर वरिपरिका छिमेकीहरूलाई समेत खुँडा देखाएर तर्साएका थिए। घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार, कँडेललाई घटनामा प्रयोग भएको हतियारसहित नियन्त्रणमा लिइएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाले गाउँमा स्तब्धता छाएको छ। स्थानीय बासिन्दाहरूले सामान्य पारिवारिक विवादका कारण यति ठूलो दुर्घटना भएको हुन सक्ने अनुमान गरेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानमा मानसिक असन्तुलन वा अन्य व्यक्तिगत कारणका सम्भावनामा समेत अध्ययन अघि बढाएको जनाएको छ।

पक्राउ परेका कँडेल केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए। उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बनाइएका भिडिओहरूमा देखिएका थिए, जसमा उनले सुरक्षाकर्मीहरूसँग आक्रोशपूर्ण संवाद गरेका थिए। ती भिडिओहरू सार्वजनिक भएपछि उनी “वान म्यान आर्मी” भन्ने अभिव्यक्तिका कारण चर्चामा आएका थिए।

हाल कँडेल प्रहरी नियन्त्रणमा छन् र घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ। जिल्ला प्रहरी कार्यालयले आवश्यक प्रमाण संकलन गरी मुद्दा दर्ताको तयारी गरिरहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनको अपराधी पृष्ठभूमि देखिएको छ । दिनेश अधिकारी भनेर चिनिने चरीसँग पनि उनको सम्बन्ध देखिएको छ । थप गतिविधिहरू प्रहरीले अनुसन्धान गरिरहेको छ ।