२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. अर्यालको नियुक्ति अन्य सरह नै दक्षता र क्षमताका आधारमा, तलब १० हजार मात्रै रहेको निगमद्वारा स्पष्ट

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले डा. अस्मिता अर्यालको नियुक्ति कुनै दबाब वा प्रभावमा नभई अन्य चिकित्सकहरू सरह नै पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा गरिएको स्पष्ट पारेको छ। निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चार माध्यमहरूले प्रकाशित गरेको समाचार भ्रामक, असत्य र तथ्यविहीन भएको बताउँदै यथार्थ विवरण सार्वजनिक गरेको हो।

विज्ञप्तिअनुसार, नेपाल वायुसेवा निगमले सन् १९७० को दशकदेखि नै आफ्ना कर्मचारी र उनीहरूको परिवारका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। यसका लागि निगमले क्लिनिक सञ्चालन गर्दै आएको र त्यहाँ विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूलाई आवश्यकता अनुसार सेवा प्रदान गर्न अस्थायी रूपमा नियुक्त गर्दै आएको स्पष्ट पारेको छ।

निगमका अनुसार, हाल क्लिनिकमा विभिन्न विषयगत क्षेत्रका नौ जना चिकित्सकहरूले हप्तामा तीन दिनसम्म सेवा प्रदान गर्दै आएका छन्। ती चिकित्सकहरूलाई संस्थाको दररेटअनुसार महिनाको अधिकतम रु. १० हजार मात्र पारिश्रमिक दिइने व्यवस्था रहेको निगमले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “डा. अस्मिता अर्याललाई कसैको दबाब वा प्रभावमा नभई अन्य चिकित्सकहरू सरह नै दक्षता र क्षमताका आधारमा सेवा लिन नियुक्त गरिएको हो।” निगमले अर्याललाई स्थायी रूपमा नियुक्त गरिएको भन्ने समाचारहरू पूर्ण रूपमा निराधार र भ्रम फैलाउने खालका रहेको जनाएको छ।

निगमले राष्ट्रिय ध्वजावाहक संस्थाका रूपमा आफ्ना चिकित्सकहरूको पेशागत योगदान र सेवा भावनालाई सम्मान गर्दै आएको र न्यून पारिश्रमिकमा क्लिनिक सेवामा खटिरहेका चिकित्सकहरूको मनोबल घटाउने गरी भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको छ।