२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरिएका २७५ बाइक नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गर्ने २७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आजसम्म २७५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले जनाइएको छ । 

चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैर कानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप जडान गरिएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनले भने, “चर्को आवाजका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न हामीले ठूलो सङ्ख्यामा मोटर बाइक नियन्त्रणमा लिएका छौँ । यो अभियान जारी रहने छ । नियन्त्रणमा लिइएका बाइकहरूको कानुनी प्रक्रियासमेत अगाडि बढाइएको छ ।”

उपत्यकाका मुख्य सहर काठमाडौँ, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिन थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको कुनै पनि भागमा तोकिएको मापदण्ड विपरीत परिवर्तन गर्न पाइँदैन । तर पछिल्लो समयमा धेरै मोटरसाइकल चालकहरूले साइलेन्सर पाइपहरू परिवर्तन गरी तीव्र ध्वनि उत्पादन गर्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले यस्तो कडाइ गर्न बाध्य भएको प्रमुख अधिकारीको भनाइ छ ।