२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शान्ति सुरक्षा र निष्पक्ष चुनावको चुनौती नै गृहमन्त्री’ : महेश बर्तौला

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले देशमा शान्ति सुरक्षा र निष्पक्ष निर्वाचनको चुनौती गृहमन्त्री ओमप्रकाश अर्याल नै भएको बताएका छन् ।

जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा भएको घुसपैठ र विध्वंस मच्चाउने नर्सरीको मुख्य माली गृहमन्त्री नै भएको आरोप लगाउँदै उनले यस्तो बताएका हुन् ।

अहिले पनि गृहमन्त्री अर्याल ईर्ष्या, डाह, कुण्ठा र आक्रोशबाट बाहिर निस्किन नसकेको आरोप बर्तौलाको छ ।

सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘यिनी अहिलेसम्म पनि ईर्ष्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन् । उनी लुटिएका हतियारहरू खोज्दैनन्, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्, भागेका कैद बन्दीहरू कहाँ छन् चासो नै राख्दैनन्, हरेक दिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन् । यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिरताको प्रवर्धनका लागी पुर्वप्रधानमन्त्री, पुर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरू लाई भड्काउन , उत्तेजित बनाउन, इरिटेसन गर्न हर सम्भव बेलगाम झुटा अभिव्यक्ति र घातक क्रियाकलापहरू गरिरहेका छन् ।’

यही तरिकाले अगाडि बढेमा निर्वाचन तोकिएको समयमा सम्पन्न नहुने र गृहमन्त्रीको कुर्सीमा थप बसिरहन पाइने बुझाइ मन्त्री अर्यालको रहेको उनको आरोप छ ।

जनादेशबाट जिम्मेवारीमा पुगेको नभई जेन जी युवाहरूको भावना र आकांक्षामाथि धोका दिँदै झुक्क्याएर गृहमन्त्री भएको उनको तर्क छ ।