२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणले बिजुली काटेपछि बन्द भयो अर्घाखाँची सिमेन्ट उद्योग

अ+ अ-

काठमाडौँ । प्राधिकरणले बिजुली काटेसँगै अर्घाखाँची सिमेन्ट उद्योग बन्द भएको छ । डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपछि थप प्रिमियम बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आठ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगको बिजुली काटेपछि कात्तिक ४ गतेदेखि बन्द भएको हो।

अर्घाखाँची सिमेन्टले दैनिक ६० हजारभन्दा बढी बोरा उत्पादन गर्दै आएको थियो। प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्नेछ।

२०७१ सालमा रुपन्देहीस्थित भैरहवामा स्थापना भएको कम्पनीले ओपीसी सिमेन्ट उत्पादन सुरु गरेको थियो। कम्पनीले २०७६ सालदेखि पीपीसी सिमेन्ट पनि उत्पादन गर्दै आएको छ। दैनिक ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उद्योग पछिल्लो समय ६५ प्रतिशत क्षमतामा सञ्चालनमा रहेको थियो।

कम्पनी प्रशासनका अनुसार प्राधिकरणले बक्यौता नतिरेको भन्दै लाइन काटेपछि उद्योग बन्द भएको हो । 

कम्पनी बन्द भएपछि उद्योगमा कार्यरत तीन सयभन्दा बढी मजदुरलाई अनिश्चितकाका लागि बिदा गरिएको बताइएको छ।