२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजीवन प्रभावित 

अ+ अ-

काठमाडौँ । मंगलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो । तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि बस्तीमा हिमपात भएको थिएन । यो वर्ष यहाँ कात्तिकमा नै  हिमपात भएको छ ।

निरन्तर वर्षा भइरहेकाले जनजीवन प्रभावित भएको छ । पढ्ने बालबालिकालाई सास्ती भएको छ । धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले वर्षाले असर पुर्‍याएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले जानकारी दिए । वर्षा भइरहे पनि सबै विद्यालयमा पठनपाठन भने भइरहेको छ ।

मुक्तिनाथ क्षेत्रमा निरन्तर वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए । “वर्षाका कारण रानीपौवा बसपार्कदेखि मुक्तिनाथको तल्लो प्रवेशद्वारसम्मको बाटो हिलाम्मे भएको छ ।”

कर्मचारी सुवेदीले हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मुक्तिनाथ मन्दिर खुल्लै रहेको बताए । मुक्तिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिक, अपांग र अशक्त भक्तजनलाई मन्दिर पुगेर दर्शन गरी फर्किन सकस भइरहेको मुक्तिनाथस्थित जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताए । मुक्तिनाथ बसपार्कदेखि घोडा र डोलीमा चढाएर मुक्तिनाथ आउजाउ गर्ने कार्य प्रभावित बनेको छ ।

जोमसोम-कोरला सडक अवरुद्ध
यसैबीच वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम-कोरल सडक पहिरोका कारण अवरुद्ध  बनेको छ । जोमसोम-कागबेनी र कागबेनी-जोमसोम सडक खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बुधबार साँझ जोमसोम-कागबेनी सडक खण्डअन्तर्गत यहाँको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकास्थित एक्लेभट्टी नजिक पहिरो भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। कागबेनी-कोरला सडकखण्डअन्तर्गत वारागुङ मुक्तिक्षेत्र-३ ताङ्वे सडकमा पनि पहिरो गएको छ । पहिरोले सवारी आवागमन ठप्प भएको छ ।  

मनसुन सक्रिय भई हिमपात र वर्षाको जोखिम कायमै रहेकाले रातिको समयमा यात्रा नगर्न समेत स्थानीय प्रशासनले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी भुसालले सडक पुनः खुलाउन पहल भइरहेको बताए ।