२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पन्ध्र कट्ठामा तरकारी खेती गरेर वार्षिक पाँच लाख आम्दानी

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

डेढ दशकदेखि तरकारी खेतीमा संलग्न ती समुदायले तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारी खेती गाउँकै पहिचान बनेको छ ।

तरकारी बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उनको अहिले १५ कट्ठा क्षेत्रफलमा तरकारी खेती विस्तार गरेको बताए । तरकारी खेतीबाट वार्षिक रु. पाँच लाख आम्दानी गरिरहेका रानाबाट प्रेरित भएर गाउँका अन्य ४० राना परिवारसमेत अहिले तरकारी खेतीबाटै आत्मनिर्भर छन् ।

गाउँका बारी–बारीमा भन्टा, टमाटर, बन्दा, काउली खुर्सानीलगायतका हरिया तरकारी फस्टाएका छन् । यसै खेतीबाट गाउँलेहरू राम्रो आम्दानी गर्दै जीविकोपार्जन गरिरहेको राना बताउँछन् । “विसं २०६५ मा आफ्नै खेतमा ७५ बोट भन्टा रोपे यति धेरै फल्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ”, उनले भने, “भन्टा राम्रो फलेपछि तरकारी खेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो र अर्को वर्ष आधा कट्ठा जग्गामा लगाएँ ।” भन्टाबाट तरकारी खेतीमा भविष्य देखेका रानाले दोस्रो वर्षदेखि बन्दा, काउली, खुर्सानीलगायत तरकारी खेती विस्तार गर्दै लगिएको छ । 

अहिले खेती विस्तार गरेर पन्ध्र कट्ठामा तरकारी खेती गरेर वार्षिक रु. पाँच लाख आम्दानी हुने गरेको राना बताउँछन् । खेती विस्तार गरेपछि आम्दानी पनि बढ्न थाल्यो । “खेती बढाउँदै गएँ, राम्रो आम्दानी हुन थाल्यो, पछि गाउँमा अरूले पनि तरकारी खेती गर्न थाले ।” उनले भने, “अरु अन्नभन्दा तरकारी खेतीमा बढी फाइदा हुन थालेपछि गाउँमा सबै तरकारी खेती गर्न थालेका हुन् ।” छयालीस परिवारको बसोबास रहेको नयाँ कटानमा ४० परिवार व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका बन्धु रानाले पनि धान भित्र्याएर हिउँदे तरकारी खेतीमा लागेका छन् ।

“अहिले हाम्रो गाउँका सबैले तरकारी खेती गर्दै आएका छन्, यसमा अन्य खेतीभन्दा राम्रो आम्दानी हुन्छ”, रानाले भने, “मैले पनि हरेक वर्ष तरकारी खेती बढाउँदै छु, अहिले आठ कट्ठामा लगाएको छु ।” उनले हिउँदमा तरकारी बिक्री गरेर रु. पाँच लाखसम्म आम्दानी हुने गरेको बताए । अन्य बालीभन्दा तरकारी खेतीमा तीन गुणासम्म फाइदा हुने भएकाले सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको उनको भनाइ छ । “सुरुमा तरकारी बोकेर घरघर गएर बिक्री गर्नुपर्थ्यो, बजारको समस्या थियो”, रानाले भने, “अहिले महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री हुन्छ, बजारको समस्या पनि छैन ।” 

पछिल्लो समय तरकारी खेतीसँगै रानाथारू घरबास (होमस्टे)समेत सञ्चालन गरेर रानाथारू समुदाय आत्मनिर्भर बनेको छ । तरकारी खेतीसँगै गाउँमा होमस्टे सञ्चालन गरेपछि यहाँका स्थानीय आत्मनिर्भर बनेको रानाथारू होमस्टेका अध्यक्ष पर्शुराम रानाले बताए । “पाहुनालाई गाउँकै उत्पादन र परिकारको स्वाद दिन्छौँ”, रानाले भने, “यहाँ आउने पाहुनाले हाम्रो खाना र संस्कृति धेरै मन पराउने गर्छन् ।” उनले तरकारी खेती र होमस्टे दुवैबाट आय वृद्धि भएसँगै गाउँ अहिले आत्मनिर्भर र उदाहरणीय बस्तीका रूपमा परिचय बनाउन सफल भएको बताए ।