काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापाको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापामाथि नेता सिटौलाले फेसबुक केन्द्रित ५ प्रश्न गरे ।
उनले फेसबुकबाट नेतालाई गाली गर्ने सचिवालय बन्द गर्ने कि नगर्ने ? भन्दै प्रश्न गरे ।
सिटौलाले गगनलाई भने, ‘तपाईँले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोज्नुभएको हो, फेसबुकबाट सभापति छान्ने हो ? तपाईँ आफू महामन्त्री हो भन्ने कुरा थाहा छ कि छैन ?’
उनले महामन्त्री थापालाई चरित्र सुधार्न भन्दै जे कुरा भए पनि पार्टी बैठकमा राख्न र बाहिर गएर फेसबुकमा लेख्न नलगाउन पनि आग्रह गरे ।







