काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ जना उपसचिवसहित १९ जना प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृतस्तरका कर्मचारीहरूको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेका नौ जना उपसचिवहरूको सरुवा गरेको हो ।
त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृत र इन्जिनियरहरूको पनि सरुवा गरिएको छ ।







