२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै वीरगन्जमा जनमत पार्टीले प्रदर्शन गरेको छ ।

असंवैधानिक रूपमा नियुक्त गरिएका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न र तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीलाई कारवाहीको माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

आज बिहान घण्टाघर चोकमा जनमत पार्टीका नेताकार्यकर्ताले सडकमा टायर बालेर नाराबाजी गरे। सोही क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल पनि भएको थियो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले संघीयताको मूल आधारभूत भावना र मधेसको अधिकारमाथि प्रहार सह्य नहुने चेतावनी दिए। उनले भने, ‘संविधानले दिएको अधिकारलाई कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भइरहेको छ। मधेसको आवाजलाई फेरि दबाउने खेल सुरु भएको छ। यो खेल अब सफल हुन दिइने छैन।’

गैर–संवैधानिक रूपमा सरकार बनाउने निर्णय तुरुन्तै सच्याउनुपर्ने भन्दै उनले भने, ‘यदि केपी ओलीका पाल्तु गुण्डा सरोजकुमार यादवलाई मुख्यमन्त्री पदबाट बर्खास्त गरिएन भने जनमत पार्टी सडकमा झनै कडा संघर्षमा उत्रिन्छ। मधेशको अधिकार र संघीयताको रक्षा गर्न हामी कुनै पनि हालतमा पछि हट्दैनौँ।’