२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदीप ज्ञवालीको दाबी : ‘विद्यार्थीलाई मानवढाल बनाएर’ : हिंसा मच्चाइयो’ 

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २३ भदौमा निर्दोष विद्यार्थीहरूलाई मानवढाल बनाएर मुलुकमा हिंसा मच्चाइएको बताएका छन्।

दाङमा बिहीबार आयोजित एमालेको लुम्बिनी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै ज्ञवालीले शान्तिपूर्ण प्रदर्शनमा निस्किएका विद्यार्थीलाई मानवढाल बनाइएको बताएका हुन्।

‘आज हाम्रो प्रश्न छ, को थिए ती घुसपैठियाहरू जसले भर्खर क्याम्पस पढ्दै गरेका विद्यार्थीहरूलाई मानवढालजस्तो बनाएर संसद् भवन भत्काउनका लागि उत्प्रेरित गरे,’ उनले भने, ‘विद्यार्थीहरूको भावना पवित्र थियो। एउटा रुखको हाँगा पनि भाँच्दैनौँ, फूलका बेर्ना पनि मास्दैनौँ, दुवो पनि मिच्दैनौँ भनेर उनीहरूले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए।’

उपमहासचिव ज्ञवालीले विद्यार्थीहरूलाई संसद् भवनका पर्खाल भत्काउन र सुरक्षा पोष्ट कब्जा गर्न उक्साइएको दाबी गरे।

‘गैँची र बेल्चा लगेर संसद् भवनका पर्खाल भत्काउन, सुरक्षा पोष्ट कब्जा गर्न उक्साउने र संसद् भवनतिर हुल्ने जुन काम भयो, त्यसपछि एउटा दुः खान्त घटना घट्यो,’ उनले भने।