२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण

अ+ अ-

काठमाडौँ । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी संसदीय दल प्रदेश सभामा एकीकरण भएको छ । बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूको एकता बैठकले दल एकीकरण गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टी प्रदेश सभा दल एकीकरण गर्ने निर्णय गरेको छ । उक्त पार्टी एकीकरणको निर्णय कर्णाली प्रदेश सभा सचिवालयलाई लिखित रूपमा जानकारी निर्णयसमेत भएको जिसीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको विधान समेत पारित गरेको छ । विधानको नाम ‘नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सभा दलको विधान‐२०८२, रहने गरी पारित गरिएको सांसद जिसीले बताए ।

नेता शर्मा पार्टीको एकता प्रक्रियामा सामेल नभएको, माओवादी संसदीय दलको बैठक नबोलाएको, बैठक आह्वान गर्दा पनि सहभागी नभएको र कुनै अर्को दलको केन्द्रीय समितिमा समेत नाम देखिएकाले कारबाहीका लागी सिफारिस गरिएको जिसीले बताए ।

‘उहाँले आज दलको नेताबाट राजीनामा दिनुको कुनै औचित्य छैन । दल एकीकरण भएपछि उहाँ स्वतः भूमिका विहीन हुनुहुन्थ्यो,’ जिसीले भने ।

प्रदेश संसदीय दलको पदाधिकारी चयन भने थप छलफल गरेर अर्को बैठकले गर्ने सांसद जिसीले बताए । अन्तरिम समयको लागी साबिकको माओवादी केन्द्रका प्रमुख सचेतकको हैसियतले कृष्णबहादुर जिसीलाई सम्पर्क व्यक्ति तोक्ने बैठकले निर्णय गरेको छ ।

जिसीलाई बैठकका निर्णयहरू जानकारी गराउने, समन्वय गर्ने, दलका कामहरूको आवश्यक समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।