२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज महानगरलाई नौ थान कम्प्युटर हस्तान्तरण

अ+ अ-

पर्सा । जेन जेड आन्दोलनको क्रममा क्षतिग्रस्त तथा तोडफोड भएको वीरगञ्ज महानगरपालिकालाई यहाँका बैंकहरुले नौ थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको क्रममा यहाँको महानगरमा लुटपाट, तोडफोड र आगजनीबाट ठूलो क्षति भएको थियो । वीरगञ्जमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधिले आज एक कार्यक्रमबीच नौ थान कम्प्युटर महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख सिंहले सिंहले बैंकहरूले संंकटको बेला सहयोग गरेर उदाहरणीय काम गरेको बताए । “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो, यस्तो कठिन घडीमा साथ र समर्थन जनाउने सबै संघ-संस्थाप्रति हामी कृतज्ञ छौँ”, उनले भनिन, “यसले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ”, उनले भने ।

बैंकर एसोसिएसन पर्साका संयोजक एवं लक्ष्मी बैंक वीरगञ्ज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व भएको बताउँदै महानगरपालिकालाई आवश्यक उपकरण उपलब्ध गराएको जानकारी दिनुभयो । यसअघि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपिएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाललगायत विभिन्न संघ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन् ।