काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार तीन होटेल तथा रेस्टुरेन्टलाई ६० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले सोमबार काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरको होटेल ब्लिसफुल प्रालिलाई ५० हजार, गोल्मादेवी भोजनालय एन्ड लजलाई ५ हजार रुपैयाँ र चण्डेश्वरी नेवारी खाजा घरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
त्यसैगरी विभागले अनुगमन गरेका अन्य ११ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिएको छ ।
पछिल्लो समय विभागले उत्पादनमा मूल्य सूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना तिराउँदै आएको छ ।







