काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले डा. अरुण शाहीको उजुरीपछि वारेसनामा उम्मेदवारी दिएका चिकित्सकहरूलाई निर्वाचनमा सहभागी गराउन निर्देशन दिएको छ।
उपाध्यक्ष (बागमती संयोजक) पदमा उम्मेदवारी दिएका डा. अरुण शाहीको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएको थियो ।
डा. शाहीले आफूलाई नियम विपरीत रूपमा निर्वाचनबाट वञ्चित गराइएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएका थिए । उनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले वारेसनामा मार्फत उम्मेदवारी दिएकाहरूलाई सहभागी गराउन निर्देशन दिएको हो ।







