काठमाडौँ । बढुवा समितिको सचिवालयले छ जना उपसचिव स्तरका कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा समितिको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह जनरल समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत विभिन्न उपसमूहमा छ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश भएका छन्।
बढुवा सिफारिस भएका उम्मेदवारहरूमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (जनरल उपसमूह)का प्रकाश चौधरी ओमराज ढुंगाना र मनिष कुमार अर्याल रहेका छन् । यसैगरी नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (हाइवे उपसमूह)तर्फ विजय कुमार महतो र धर्मेन्द्र कुमार झा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (बिल्डिङ एन्ड आर्किटेक्चर उपसमूह) सुमन सालिकेलाई बढुवा सिफारिस गरिएको हो ।








