२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र एमालेकै समानुपातिक सूचीमा त्रुटि देखिएपछि आयोगले गर्‍यो पत्राचार

अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ ।

दलहरूले पेस गरेको बन्द सूचीमा रहेको नामहरूको कलस्टर प्रतिशत हेरिएको छ । जसअन्तर्गत एकै व्यक्तिको नाम दुई ठाउँमा रहेको फेला परेका छन् । एउटा कलस्टरमा हुनुपर्ने व्यक्तिको नाम अर्को कलस्टरमा रहेको जस्ता त्रुटि रहेका छन् । यस्ता त्रुटि नेपाली काँग्रेस र नेकपा एमालेको सूचीमा समेत फेला परेका छन् ।

कुनै दलले बुझाएको सूचीमा केही उम्मेदवारको हस्ताक्षर छैन । निर्वाचन आयोगका अनुसार पिछडिएको क्षेत्र भनेर नाम राखेका व्यक्तिहरूको नागरिकता हेर्नुपर्ने भएको छ ।

यी लगायतका विवरण प्रष्ट गर्न र नमिलेका विषय मिलाउन आयोगले दलहरूलाई इमेल गरेको हो ।

यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका थिए । त्यसउपर अध्ययन गरेर निर्वाचन आयोगले आइतबार दलहरूलाई देखिएका त्रुटि सच्याउन भनेको हो ।

आयोगका अनुसार आजदेखि दलहरूले यही पुस २७ गतेसम्म आयोगले औँल्याएका त्रुटि सच्याउन सक्नेछन् ।

उम्मेदवारको बन्द सूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्द सूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्द सूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्द सूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन हुनेछ । आगामी फागुन २१ गते मतदान हुनेछ ।