काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहिलो प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
संवैधानिक इजलासको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले फैसलाको पूर्णपाठमा हस्ताक्षर गर्न नमान्दा केही वर्षअघि नै तयार भएको पूर्णपाठ सार्वजनिक हुन सकेको थिएन ।
मस्यौदामा पूर्वप्रधानन्यायाधीश जबराले पनि हस्ताक्षर गरेपछि सर्वोच्च अदालतले मंगलबार फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।







