२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाकहाँ पुगेर राजेन्द्र लिङ्देनले दिए पृथ्वी जयन्तीको निम्तो

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट वार्ता भएको छ ।

देउवालाई भेट्न लिङ्देन उनको निवास पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठलाई साथमै लिएर पुगेका हुन् ।

लिङ्देन दिउँसो अपराह्न ४ बजे देउवा निवास महाराजगञ्ज पुगेका थिए । उनीहरूबीच आधा घण्टा छलफल भएको राप्रपाको प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठले जानकारी दिए ।

‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भयो,’ उनले भने, ‘पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुग्नुभएको हो ।’ राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।

उनीहरूबीच आसन्न प्रतिनिधि सभा र पछिल्लो राजनीतिक गतिविधिबारे छलफल भएको उनको भनाइ छ ।