२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक उदयपुरगढी-चौदण्डीगढी पदयात्रा-२०८२ सुरु

अ+ अ-

उदयपुर । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा उदयपुर जिल्लामा ऐतिहासिक “उदयपुरगढी-चौदण्डीगढी पदयात्रा-२०८२” को औपचारिक शुभारम्भ गरिएको छ । बुधवार उदयपुरगढीबाट सुरु भएको उक्त पदयात्रा पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरव कुमार के.सी.को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

पशुपति प्रसाद गणको संयोजकत्वमा सञ्चालन भइरहेको यस पदयात्रा त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका तथा उदयपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ । ऐतिहासिक कोट, गढी, युद्धस्थल, किल्ला तथा पदमार्गहरूको पहिचान र संरक्षण गर्दै युवापुस्तामा देशभक्तिको भावना जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

पदयात्रा शुभारम्भ कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, नम्बर १८ बाहिनी अड्डाका बाहिनीपति, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय नागरिक तथा युवा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले पदयात्राका सहभागीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।

यस अवसरमा नेपाल सरकारको राष्ट्रिय झण्डा, नेपाली सेनाको झण्डा, पूर्वी पृतना हे.क्वा., नम्बर १८ बाहिनी अड्डा, पशुपति प्रसाद गण, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका झण्डाहरू पदयात्रा टोलीलाई हस्तान्तरण गरिएको थियो ।

पाँच दिनसम्म सञ्चालन हुने पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको छ । पदयात्राका क्रममा सहभागीहरूले स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै करिब ८५ किलोमिटर दूरी पार गर्ने कार्यक्रम रहेको छ ।

पदयात्रा पौष २७ गते चौदण्डीगढी पुगेर ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना हुने विविध कार्यक्रमका बीच समापन हुने जनाइएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाको संयोजकत्वमा देशभर सञ्चालन भइरहेका यस्ता कार्यक्रमहरूले नेपालको इतिहास र संस्कृतिको संरक्षण, राष्ट्रिय एकता र देशभक्तिको भावना विकास गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिइएको छ ।