२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा कडाइ गर्न गृहमन्त्री अर्यालको आग्रह

अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले धार्मिक असहिष्णुता फैलिने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन्। विश्व हिन्दु महासंघका अध्यक्ष अस्मिता भण्डारीलगायत संस्थाका प्रतिनिधिसँग बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा उनले धार्मिक क्षेत्रको शान्ति सुरक्षाप्रति सरकार गम्भीर रहेको बताए।

गृहमन्त्री अर्यालले छलफलका क्रममा प्रारम्भिक असहिष्णुता फैलाउने, धार्मिक भावना भड्काउने वा सामाजिक सद्भाव बिगार्ने गतिविधि कसैले गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले बहुधार्मिक समाजमा सबैको आस्था र विश्वासलाई सम्मान गर्नु लोकतान्त्रिक मूल्य भएको उल्लेख गरे।

भेटमा मन्त्री अर्यालले देशमा शान्ति, अमनचयन र आपसी सहअस्तित्व कायम राख्न धार्मिक संघ–संस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए। एक अर्काको धार्मिक आस्था र विश्वासलाई स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र अमनचयन कायम गर्न सबै पक्ष सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

छलफलका क्रममा सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता, भ्रामक खबर तथा गलत सूचनाप्रति पनि गम्भीर ध्यान दिनुपर्ने विषय उठाइएको थियो। मन्त्री अर्यालले यस्ता भ्रामक र उत्तेजक सामग्रीको नागरिकस्तरबाट प्रतिवाद गर्न र समाजमा सचेतना फैलाउन आग्रह गरेका छन्।

उनले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सरकार, धार्मिक संघसंस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउँदै शान्ति सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारे।