२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्न कार्यविधि जारी (कार्यविधीसहित)

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यविधि लागू गरेको छ। आयोगले निर्वाचन प्रचार-प्रसारसँग सम्बन्धित आर्थिक कारोबारलाई स्पष्ट मापदण्डभित्र राख्ने उद्देश्यसहित उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।

आयोगद्वारा जारी गरिएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार-प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार प्रत्येक उम्मेदवारले आफ्नो नाममा छुट्टै बैंक खाता खोल्नुपर्नेछ। त्यस्तै, राजनीतिक दलले पनि निर्वाचन प्रचारका लागि अलग्गै खाता सञ्चालन गरी आम्दानी र खर्चको विवरण व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यविधिमा सबै आर्थिक कारोबार अनिवार्य रूपमा नेपाली मुद्रामा गर्नुपर्ने उल्लेख गरिएको छ। साथै उम्मेदवारले प्राप्त गर्ने स्वैच्छिक आर्थिक सहयोग २५ हजार रुपैयाँभन्दा बढी भएमा नगद लिन नपाइने र सो रकम अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र प्राप्त गर्नुपर्ने प्रावधान राखिएको छ।