२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षामा केन्द्रित हुन देशभरका सिडिओलाई गृहसचिव श्रेष्ठको निर्देशन

अ+ अ-

काठमाडौँ । देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई निर्वाचन सुरक्षामा केन्द्रित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। 

मंगलबार भर्चुअल रूपमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग शान्ति सुरक्षाको अवस्था बारे छलफल गर्दै गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सुरक्षामा केन्द्रित हुन निर्देशन दिएका हुन्। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न आवश्यक योजना बनाउन तथा कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन्।

आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदान स्थलको अनुगमन, मतदान स्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानी लगायतका विषयमा केन्द्रित हुन सिडिओलाई भनिएको छ। 

बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका विषयमा गहन छलफल गरिएको मन्त्रालयले जनाएको छ । 

गृहसचिव श्रेष्ठले बैठकमा छलफल भएका विषयहरूका सम्बन्धमा आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको बैठक बसी प्रभावकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। 

बैठकमा प्रमुख जिल्ला अधिकारीहरूसँगै मन्त्रालयका महाशाखा प्रमुखहरू, विभागीय प्रमुखहरू एवं मन्त्रालयका कर्मचारीहरू सहभागी थिए।