काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी बैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००२/०८१–८२ (महिला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा र उक्त कार्यालयको वि.नं. १०००४/०८१–८२ (मधेसी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।









