२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

अ+ अ-

रौतहट । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ ।

स्थानीय बासिन्दाका अनुसार निर्वाचनको मिति नजिकिएसँगै सीमापारीस्थित भारतीय भूमिबाट गैरकानुनी रूपमा रौतहटतर्फ भित्रिन सक्ने हातहतियार, गोली, बारुद, पटका, लागूपदार्थजस्ता अवैध वस्तुको कारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि जिल्लास्थित प्रहरी संयन्त्र अझ सशक्त र चलायमान भएसँगै चारी, तस्करीमा संलग्न गिरोह निष्क्रिय भएको अवस्था छ ।

विशेषगरी आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका क्रममा जिल्लामा शान्ति सुव्यवस्था अमनचयन कायम गरी आफूले रोजेका उम्मेदवारलाई मत दिन पाउने जनताको अधिकार सुनिश्चित गर्ने, गराउने प्रयोजनसहित अन्य सुरक्षा संयन्त्रसँगको समेत सहयोग र सहकार्यसहित प्रहरी संयन्त्र अझ जागरूक र गतिशील हुँदा कर छली अनधिकृत रूपमा भित्रिएका समान बरामद हुनेक्रम पछिल्लो समयमा बढेको रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।  

यसैगरी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले निर्वाचनलाई लक्षित गरी सीमानाका क्षेत्रको सुरक्षा व्यवस्था कडाइ गरेसँगै कर छली तथा अवैध कारोबार धन्धा करिब नियन्त्रणमा आएको, चोरबाटो हुँदै गैरकानुनी कारोबारमा संलग्न व्यक्तिको हकमा समानसहित पक्राउ दर वृद्धि भएको, चोरी तस्करीमा संलग्न गिरोह निष्क्रिय हुँदा समाजमा शान्ति सुरक्षाको प्रत्याभूति भएको बताए।   

यसैबीच, इलाका प्रहरी कार्यालय सिम्रौनगढले पछिल्लो तीन महिनामा कैद सजाय तोकिएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको, १८ वटा मुद्दा दायर गरेको, करिब ८० केजी गाँजासहित चार जनालाई पक्राउ गरेको र ४६ हजार थान लागुऔषध हाइड्रोक्लोराइड बरामद गर्न सफल भएको जनाएको छ ।