२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगसँग काँग्रेसको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीत गतिविधि भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आइतबार पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समिति संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोगमा पुगेर लिखित ज्ञापन पत्र बुझाएको हो । उक्त पत्रमा आचारसंहिता उल्लंघन गर्ने व्यक्ति वा दललाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

काँग्रेसका अनुसार केही राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको सार्वजनिक प्रदर्शन तथा दुरुपयोग गरिरहेका छन् । साथै प्रचार कार्यक्रममा बालबालिकाको संलग्नता समेत देखिएको उल्लेख गरिएको छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार अभियानका क्रममा ‘घण्टी’ चिह्न प्रयोग भएको विषयमा आयोगले यसअघि नै भौतिक चुनाव चिह्न प्रदर्शन नगर्न आग्रह गरिसकेको स्मरण गराइएको छ ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धाभन्दा बाहिर गएर प्रचार गतिविधि गरिरहेको दाबी गर्दै काँग्रेसले निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र भयमुक्त बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य गराउन आयोग सक्रिय हुनुपर्ने माग राखेको छ ।

ज्ञापन पत्रमा राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी आयोगको निर्देशन विपरीत झण्डाको दुरुपयोग भइरहेको आरोपसमेत उल्लेख गरिएको छ । साथै सामाजिक सञ्जालमार्फत मिथ्या सूचना फैलाइ जनमत प्रभावित गर्ने प्रयास भइरहेको भन्दै यस्ता गतिविधि रोक्न नियामक निकायले आवश्यक कदम चाल्नुपर्ने काँग्रेसको माग छ ।