२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता परिचयपत्र दुरुपयोग गरे कैद तथा जरिवाना हुने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रियामा सहभागी हुन मतदाता नामावलीमा नाम समावेश हुनु अनिवार्य व्यवस्था रहेको छ।

निर्वाचन आयोगका अनुसार सम्भव भएसम्म मतदाता परिचयपत्रसहित मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरिएको छ। परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा भने अन्य आधिकारिक सरकारी परिचय खुल्ने कागजातका आधारमा पनि मताधिकार प्रयोग गर्न सकिने व्यवस्था रहेको आयोगले स्पष्ट गरेको छ।

निर्वाचन आचारसंहिताले मतदातालाई मतदान अधिकारबाट वञ्चित गराउने कुनै पनि गतिविधिलाई निषेध गरेको छ। विशेष गरी, अन्य व्यक्तिको मतदाता परिचयपत्र नियन्त्रणमा लिने, नोक्सान पुर्‍याउने, खरिद–बिक्री गर्ने वा त्यस्तो कार्यमार्फत मतदानमा अवरोध सिर्जना गर्ने क्रियाकलाप कानुन विपरीत मानिनेछ।

यस प्रकृतिको कसुर पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई छ महिनासम्म कैद, २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको आयोगले जनाएको छ।

आगामी बिहीबार तय गरिएको मतदानमा कूल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने अपेक्षा गरिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुनेछन् भने ११० जना समानुपातिक प्रणालीका आधारमा चयन गरिनेछन्।

प्रत्यक्षतर्फ सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। समानुपातिक प्रणालीमा भने राजनीतिक दलहरूले प्राप्त गरेको कुल मतको अनुपातका आधारमा प्रतिनिधित्व निर्धारण गरिने कानुनी प्रबन्ध रहेको छ।