२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीद्वारा कतारका समकक्षीसँग टेलिफोन वार्ता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोनमार्फत संवाद गर्दै पश्चिम एसिया क्षेत्रमा पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले कतारमा बसोबास गर्दै काम गरिरहेका करिब ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षित रहेको सुनेर खुसी व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद प्रकट गरेकी छन्। उनले भनिन्, “हाम्रो नागरिक सुरक्षित छन् र राम्रोसँग हेरचाह भइरहेको सुन्दा हामी अत्यन्त सन्तुष्ट छौँ। यसका लागि हामी तपाईँ र तपाईँको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।”

पश्चिम एसियामा बढिरहेका द्वन्द्वजन्य घटनालाई नेपालले नजिकबाट नियालिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सबै सम्बन्धित पक्षलाई संयमित रहन, द्वन्द्वलाई बढ्न नदिन र नागरिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। उनले अन्तर्राष्ट्रिय कानून, जेनेभा अभिसन्धि र मानवीय कानूनको सम्मान तथा पालना गर्न आवश्यक रहेको बताए।

प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने दाबी गर्दै वार्ता र कूटनीतिक माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने विश्वास व्यक्त गरिन्। उनले दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण, आर्थिक–सांस्कृतिक सहकार्य र जनस्तरीय सम्बन्धमार्फत अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेकी छन्।

वार्ता क्रममा उनले कतारको सार्वभौम भूमिमा भएको गैरसैनिक आक्रमणप्रति गहिरो चासो व्यक्त गर्दै कतारले रचनात्मक भूमिकामा वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन्।

कतारका प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री अल-थानीले नेपाल-कतारबीचको मित्रवत् सम्बन्धको प्रशंसा गर्दै कतारमा रहेका नेपाली नागरिकको योगदान उच्च मुल्यांंकन गरे। उनले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले केवल सार्वभौमिकता र आत्मसुरक्षाका लागि प्रयास गरिरहेको जानकारी दिए।

अल–थानीले नेपालले देखाएको मित्रता र ऐक्यबद्धताका लागि धन्यवाद प्रकट गर्दै दुई मुलुकबीचको सम्बन्धलाई अझ सुदृढ र विस्तारित गर्न आवश्यक रहेकोमा जोड दिए।