काठमाडौँ । नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएकोमा काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली जनतालाई बधाइ दिएको छ।
अमेरिकी दूतावासले सार्वजनिक सन्देशमार्फत निर्वाचन सम्पन्न गरेकोमा नेपाली नागरिकलाई बधाइ दिएको उल्लेख गरेको छ।
दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यमा सहकार्य गर्न आफूहरू उत्सुक रहेको जनाएको छ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरिएको सन्देशमा उल्लेख गरिएको छ।








