काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्युठान निर्वाचन क्षेत्रमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।
ऐरावती गाउँपालिकाको बरौँला क्षेत्रबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक अग्रस्थानमा देखिएका छन्।
प्रारम्भिक मत परिणाम अनुसार वैदिकले ५०५ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले ४६६ मतसहित दोस्रो स्थानमा रहेका छन्।
त्यसैगरी राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जिसीले १३४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार कृष्णध्वज खड्काले १०८ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार सूर्य थापाले ६८ मत प्राप्त गरेका छन्।







