२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा, एकैदिन ८०० पुस्तक बिक्री 

अ+ अ-

म्याग्दी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुन:चुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरेका हुन् । 

“एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।” पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो । पुनः संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् । 

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर पुनले जन्मथलो म्याग्दीमा चुनाव लड्न आएका थिए । उनले जेन जेड आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्ने गर्दै आएका थिए । 

गत भदौको २३ र २४ जेन जेड आन्दोलनपछि पूर्वप्रधानान्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्री बने । स्वतन्त्र उम्मेदवार पुनले लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकलाई विजयउत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्केका हुन् । 

पुनले २२ हजार ८५० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१० मत पाए। नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ६७६ मत पाए। निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको पुनले बताए ।