२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री र वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट

अ+ अ-

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बैंक तथा वित्तीय क्षेत्रका प्रमुख नियामक निकायका नेतृत्वसँग भेटघाट तथा छलफल गरेका छन्।

अर्थ मन्त्रालयमा सोमबार आयोजित उक्त भेटमा मन्त्रालयका राजस्व सचिव भूपाल बरालको पनि उपस्थिति रहेको थियो। छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितो पत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सहभागी भएका थिए।

भेटका क्रममा अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, पुँजी बजारलाई पारदर्शी र आकर्षक बनाउने तथा आर्थिक सुशासन सुदृढ पार्ने कार्यमा नियामक संस्थाहरूले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गरे।

त्यसै अवसरमा सम्बन्धित निकायका प्रमुखहरूले पनि अर्थ मन्त्रालयसँगको सहकार्य सकारात्मक र उपयोगी रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय क्षेत्रको विकास तथा वित्तीय अनुशासन सुदृढ बनाउन मन्त्रालयले अपनाएका नीतिगत मार्ग निर्देशनका लागि अर्थमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका थिए।

उक्त जानकारी अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले सार्वजनिक गरेका हुन्।