२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव

अ+ अ-

महोत्तरी । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । 

एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए । “एकडारा–१ मात्र होइन जिल्लावासीले नै खुसीयाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्”, उनले भने।  

राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेसँगै एकडारावासी एकापसमा रङ, अबिर दलेर, फूलमाला लगाएर, एकापसमा अँगालो मारेर र शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका एकडारा–१ का वडाध्यक्ष मनोज मण्डलले बताए ।

वडाध्यक्ष मण्डलका अनुसार एकडाराको नाम इतिहासमा दर्ज भएको भन्दै पुर्ख्यौली गाउँमा उत्सव मनाइएको छ । “आज एकडारावासी घरघरमा मीठो पकवान पकाएर खाने, खुवाउने गर्दैछन्, एकडारा गाउँभरि र बटुवालाई विभिन्न लड्डु, पेडा तथा मिठाइ बाँड्ने काम भइरहेको छ”, उनले भने ।

प्रधानमन्त्री शाहको घर एकडारा–१ मा पर्छ । उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ । आज साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताए ।