काठमाडौँ । कपिलवस्तुमा सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ ।
सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि सोमबार पक्राउ परेका चौधरीविरुद्ध आज मुद्दा दर्ता गरिएको हो ।
उपाध्यक्ष चौधरीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख (एसपी) सन्तोष आचार्यले बताए ।
एसपी आचार्यका अनुसार चौधरीविरुद्ध अनुसन्धान गर्न १० दिन म्याद थप गर्न आग्रह गरिएको छ ।







