२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन परिणामप्रति भुसालको समीक्षा : अपेक्षाभन्दा कम मत, वाम शक्तिको अवस्था कमजोर

अ+ अ-

काठमाडौँ। नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पछिल्लो प्रतिनिधि सभा निर्वाचनको परिणामलाई वामपन्थी आन्दोलनका लागि प्रतिकूल भएको मूल्यांकन गरेका छन्। नेकपा संयुक्तको राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकमा प्रस्तुत प्रतिवेदनमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

भुसालका अनुसार पार्टीले अपेक्षा गरेभन्दा निकै कम मत प्राप्त गरेको छ, जसले समग्र कम्युनिस्ट धारका दलहरूको अवस्था कमजोर बन्दै गएको संकेत गर्छ। उनले ठूला भनिएका वाम दलहरू सत्ताबाहिर रहन नसक्ने प्रवृत्तिका कारण वर्तमान नतिजा आएको विश्लेषण प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा बेरोजगारी, भ्रष्टाचार तथा कुशासनविरुद्ध प्रभावकारी रूपमा उभिन नसक्नुका साथै बिचौलिया र दलाल पुँजीवादी शक्तिसँग नजिकिने प्रवृत्तिप्रति जनस्तरमा असन्तुष्टि बढेको उल्लेख गरिएको छ। यसले कम्युनिस्ट विचारधाराबाट विचलन हुँदै जनसमुदायसँग दूरी बढ्दै गएको निष्कर्षसमेत प्रस्तुत गरिएको छ।

यसैगरी, पछिल्ला राजनीतिक घटनाक्रम, सडक आन्दोलन तथा त्यसपछिका परिस्थितिहरूको समुचित मूल्यांकन नगरी निर्वाचनमा प्रवेश गर्दा अपेक्षित परिणाम हासिल हुन नसकेको प्रतिवेदनमा औँल्याइएको छ। पार्टी पुनर्गठन र सुधारका अवसरसमेत प्रभावकारी रूपमा उपयोग गर्न नसकिएको उल्लेख गरिएको छ।

उम्मेदवार छनोट, आर्थिक व्यवस्थापन तथा प्रचार-प्रसार रणनीतिमा देखिएका कमजोरीहरूलाई पनि हारको कारणका रूपमा प्रतिवेदनले औँल्याएको छ। साथै, संगठनात्मक संरचना निर्माण र परिचालनमा समेत पर्याप्त सक्रियता नदेखिएको निष्कर्ष प्रस्तुत गरिएको छ।

प्रतिवेदनमा वर्तमान सरकारको कार्यसम्पादनप्रति निरन्तर निगरानी र खबरदारी जारी राख्ने नीति लिइने उल्लेख गरिएको छ।