२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार सञ्चालन जनताको अभिव्यक्त भावना, आकांक्षा र अपेक्षासँग अनुरूप हुनुपर्नेमा जोड दिएका छन्।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमार्फत युवापुस्ताको उल्लेखनीय सहभागितासहित नयाँ सरकार गठन भई कार्यारम्भ भइसकेको उल्लेख गरे। यस प्रक्रियाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीप्रति युवा वर्गको विश्वास, आकर्षण र नेतृत्व क्षमता विस्तार भएको सन्देश दिएको उनको भनाइ थियो।

राष्ट्रपतिले नागरिकले उत्तरदायी तथा पारदर्शी शासन व्यवस्था, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचार नियन्त्रण, विधिको शासनको प्रत्याभूति, देशभित्रै रोजगारी सिर्जना, दण्डहीनताको अन्त्य, सामाजिक न्याय तथा तीव्र आर्थिक-सामाजिक प्रगतिसहित स्थायित्वको अपेक्षा राखेको उल्लेख गरे। यी आकांक्षाहरू विभिन्न जनआन्दोलन, संघर्ष तथा पछिल्लो समय युवापुस्ताको सक्रिय सहभागिताबाट प्रकट भएको उनले संकेत गरे।

उक्त अपेक्षा सम्बोधन गर्न संसद्ले नागरिकमुखी तथा जनहित केन्द्रित कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनु सरकारको दायित्व रहेको बताए। साथै, न्यायपालिकाबाट निष्पक्ष, स्वतन्त्र र छरितो न्याय सम्पादन हुन सकेमा परिवर्तनका लागि योगदान दिएका शहीदहरूप्रति यथार्थ सम्मान हुने धारणा उनले व्यक्त गरे।