२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनौतीपूर्ण परिस्थितिमा पार्टी एकता आवश्यक रहेको ओलीको सन्देश

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा देखा परेका चुनौतीहरू सामना गर्न पार्टीभित्र एकता अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रत्यक्ष उपस्थित हुन नसके पनि लिखित सन्देश पठाएका थिए। स्वास्थ्य अवस्थाका कारण घरमै आराम गरिरहेका ओलीको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कार्यक्रममा वाचन गरेका हुन्।

सन्देशमा ओलीले पार्टी नेतृत्वमा भएका आन्दोलनहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै कठिन समय र पीडादायी अनुभव पनि सँगै भोग्नुपरेको बताएका छन्। निरंकुश शासन अन्त्यदेखि गणतन्त्र स्थापनासम्म पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

उनले मुलुकलाई समृद्ध र सुखी बनाउने दिशामा पार्टीले योगदान दिएको उल्लेख गर्दै विभिन्न प्रतिकूल परिस्थितिहरू पार गर्दै संगठन यहाँसम्म आइपुगेको स्मरण गरेका छन्। वर्तमान अवस्थामा देखिएका चुनौतीलाई सामना गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको सन्देशमा उल्लेख गरिएको छ।

सन्देश वाचन गर्दै बादलले पार्टीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न निरन्तर एकताको आवश्यकता रहेको धारणा ओलीको सन्देशमा समेटिएको जानकारी दिएका थिए।

0 Comments