२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाख १५ बाटै विद्यालय सञ्चालन गर्ने काठमाडौँ महानगरको निर्णय

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ शैक्षिक सत्रसँगै विद्यालयमा पठनपाठन सुरु गर्ने समय संघीय सरकारले निर्धारण गरेको मितिभन्दा अघि सार्दै वैशाख १५ गतेदेखि नै शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।

महानगर शिक्षा विभागले जारी गरेको सूचनाअनुसार विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रको पठनपाठन वैशाख १५ बाटै प्रारम्भ गर्न निर्देशन दिइएको छ। संघीय तहबाट तय गरिएको वैशाख २१ देखि मात्र कक्षा सञ्चालन गर्ने व्यवस्थाभन्दा फरक निर्णय महानगरले कार्यान्वयनमा ल्याएको हो।

निर्णयको आधारका रूपमा शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहजता, विद्यालय व्यवस्थापन समितिहरूको सुझाव तथा सम्बन्धित सरोकारवालासँगको समन्वयलाई लिइएको महानगरले जनाएको छ। साथै उपत्यका मेयरहरूको अनुरोधलाई समेत विचार गरिएको उल्लेख गरिएको छ।

संघीय सरकारले यसअघि वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ बाट पठनपाठन सञ्चालन गर्ने गरी तालिका निर्धारण गर्दै स्थानीय तहहरूलाई सोहीअनुसार कार्यान्वयन गर्न पत्राचार गरेको थियो। उक्त संघीय व्यवस्था विपरीत महानगरले आफ्नो क्षेत्राधिकारभित्र पठनपाठन प्रारम्भ गर्ने समय पुन:निर्धारण गरेको हो।

0 Comments