काठमाडौँ । अर्थ मन्त्रालयले महानिर्देशकसहित थप तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारीसमेत परिवर्तन गर्दै मन्त्रालय तथा मातहतका विभिन्न महाशाखामा कार्यरत सहसचिवहरूको कार्यविभाजन फेरबदल गरेको हो ।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत टंकप्रसाद पाण्डेयलाई प्रशासन महाशाखामा सरुवा गरिएको छ । त्यस्तै टंकनाथ लम्साललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ भने भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साललाई मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ ।
यसअघि केही दिनअघि मात्र अर्थ मन्त्रालयअन्तर्गत कार्यरत पाँच जना सहसचिवलाई प्रदेशमा सरुवा गरिएको थियो ।







