२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्युठानमा चट्याङको घटना : दुई जनाको मृत्यु, चार घाइते उपचाररत

अ+ अ-

काठमाडौँ । गौमुखी गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। 

गौमुखी गाउँपालिका-६ लिवाङमा बाबु-छोराको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

मृत्यु हुनेमा ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहोरा क्षेत्री रहेका छन्। दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको र सोमबार बिहान पोस्टमार्टम गरिने अस्पताल स्रोतले जानकारी दिएको छ।

घटनामा सोही गाउँपालिकाका अन्य दुई जना पनि घाइते भएका छन्। गौमुखी-४ की २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी–६ की ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।

त्यसैगरी, शनिबार दिउँसो माण्डवी गाउँपालिका-२ रातापानीमा पनि चट्याङ लाग्दा दुई दिदीबहिनी घाइते भएका थिए। २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको अहिले जिल्ला अस्पताल विजुवारमा उपचार जारी रहेको स्वास्थ्य स्रोतले जनाएको छ।

चट्याङका छुट्टाछुट्टै घटनापछि जिल्लामा मानवीय क्षति र घाइतेको संख्या बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

0 Comments