२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुलभ अग्रवाललाई थुनामा राखिएको विषयमा कारण पेस गर्न सर्वोच्चको निर्देशन

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कानुनी आधार स्पष्ट गर्न सम्बन्धित निकायलाई आदेश दिएको छ।

बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले उक्त आदेश जारी गरेको हो। निवेदन सुलभका पिता शंकरलाल अग्रवालले दायर गरेका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत २२ गते सुलभ अग्रवाललाई अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएको थियो। इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको भनिएको शंकास्पद वित्तीय कारोबारसँग सम्बन्धित अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्।

उक्त प्रकरणमै शंकर ग्रुपका अध्यक्ष तथा सुलभका पिता शंकरलाल अग्रवाललाई पनि काठमाडौँबाट नियन्त्रणमा लिइएको भए पनि पछि हाजिरी जमानीमा रिहा गरिएको विवरण छ।

यसबीच, नेपाल राष्ट्र बैंकले करिब साढे दुई वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारबारे अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको तथ्य पनि सार्वजनिक भएको छ। करोडौँ रुपैयाँ बराबरका शंकास्पद लेनदेन देखिएपछि प्रारम्भिक छानबिन अघि बढाइएको बताइएको छ।

0 Comments