भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिए।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको उनले बताए।







