२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत संकलन सुरु

अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत संकलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन् । 

 जिल्लाका मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले सार्वजनिक जग्गा व्यवस्थापनसम्बन्धी सूचना जारी गर्दै अनधिकृत जग्गा खाली गर्न अपिल गरेका हुन् । 

 जिल्ला प्रशासन कार्यालयको पत्रानुसार पनौती नगरपालिकाले रोशी, पुण्यमाता, लिलावती, बाँसडोललगायत खोला नदीछेउका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका व्यक्तिहरूको सूचना प्रकाशन गरी १५ दिनभित्र आ–आफ्ना सामान सुरक्षित गरी उक्त क्षेत्र खाली गर्न सूचना गरेको छ । 

यस्तै, अतिक्रमित बसोबासीले तोकिएको समय सीमाभित्र खाली नगरेमा नेपाल सरकारको नीति तथा आदेशअनुसार हटाइने जनाइएको छ । यद्यपि, सूचनाअनुसार सात दिनभित्र तत् परिवारले वडा कार्यालयमा सूचित गर्न अपिल गरिएको छ । 

यसैगरी, मण्डनदेउपुरले पनि स्थानीय प्रशासनको पत्रानुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणअनुसार सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका परिवारको अद्यावधिक विवरण पठाउन वडा कार्यालयलाई अनुरोध गरेको जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालका अनुसार सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित भएको भएमा उक्त जग्गा खाली गराउन पनि आवश्यक सूचना जारी गरी नगर कार्यालयलाई जानकारी गराउन वडा कार्यालयलाई आदेशअनुसार पत्राचार गरिएको हो । 

यसैगरी, भुम्लु गाउँपालिकाले पनि बुधबारदेखि चाखोलादेखि दोलालबाट बजार क्षेत्रमा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेका संरचनाको नाप जाँच सुरु गरेको छ । गाउँपालिकाले सरकारी  सार्वजनिक जग्गा छुट्याउन उक्त प्रक्रिया थालेको जनाएको छ । 

यसैबीच, भूमि समस्या समाधान आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकले वैशाख तेस्रो सातासम्म तयार गरेको विवरणअनुसार काभ्रेपलाञ्चोकमा पाँच हजार ८५६ जनाले ‘भूमिहीन’का रूपमा आवेदन दर्ता गराएका छन् । जसमा अव्यवस्थित बसोबासी पाँच हजार सात, भूमिहीन सुकुम्वासी छ सय ६९ घरपरिवार र भूमिहीन दलित एक सय ८० परिवार रहेको तथ्यांकमा उल्लेख छ । 

तथ्यांकअनुसार जिल्लामा सबैभन्दा कम भूमिहीन बेथान्चोक गाउँपालिकामा रहेका छन् । बेथानचोकमा चार घरपरिवार मात्रै अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै, चौर देउरालीमा १०, महाभारतमा ११ र भुम्लु गाउँपालिकामा १५ परिवार अव्यवस्थित बसोबासी छन् । भने तेमाल गाउँपालिमा २० परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।  

यसैगरी, सबैभन्दा धेरै मण्डनदेउपुरमा दुई हजार २३३ परिवार भूमिहीन छन् । नगरमा दुई हजार १२७ परिवार अव्यवस्थित बसोबासी छन् भने ६५ परिवार सुकुम्वासी, ४१ परिवार भूमिहीन दलित छन् । बनेपा नगरमा दुई सयमध्ये ९७ परिवार अव्यवस्थित बसोबासी छन् भने धुलिखेलमा आठ सय १३  परिवार सोही प्रकृतिका छन् । जसमध्ये छ सय ८८ परिवार अव्यवस्थित छन् भने एक सय छ परिवार सुकुम्वासी र १९ दलित परिवार भूमिहीन छन् । 

पाँचखालमा छ सय ९० परिवारले पुर्जा नभएको भन्दै आवेदन दिएका छन् । नमोबुद्धमा एक हजार ६५, पनौतीमा एक सय ६६, रोशीमा एक सय ६३ र खानी खोलामा चार सय ६६ घर परिवारसँग पुर्जा नभएको जनाइएको छ ।

0 Comments