२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढी गण्डकी आयोजनाबारे अर्थमन्त्रीको टिप्पणीप्रति राजेन्द्र पाण्डेको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेले बुढी गण्डकी जलविद्युत आयोजनासम्बन्धी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्त गरेको धारणा उपयुक्त नभएको बताएका छन्। उनले उक्त अभिव्यक्तिले आयोजना र जनअपेक्षाप्रति नकारात्मक सन्देश गएको टिप्पणी गरेका छन्।

आइतबार जारी प्रेस विज्ञप्तिमार्फत पाण्डेले राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री डा. वाग्लेले आयोजना लागत तथा निर्माण प्रक्रियाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

उनले बुढी गण्डकीलाई सामान्य जलविद्युत आयोजना मात्र नभई बहुआयामिक राष्ट्रिय गौरवको योजनाका रूपमा हेर्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार उक्त आयोजना विद्युत उत्पादनमा सीमित नभई यातायात, पर्यटन, मत्स्यपालन तथा स्थानीय आर्थिक गतिविधिसँग समेत जोडिएको छ।

पाण्डेले सरकारले करिब नौ वर्षअघि १,२०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै गोरखा र धादिङका २७ गाविस अन्तर्गतको करिब ५३ हजार रोपनी जग्गा अधिग्रहण भइसकेको जानकारी दिएका छन्। उनका अनुसार प्रभावित क्षेत्रका बासिन्दालाई ४३ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा वितरण भइसकेको छ भने विस्तृत आयोजना प्रतिवेदन तयार गर्न समेत ठूलो रकम खर्च भइसकेको छ।

आयोजना सम्पन्न भएपछि करिब ४२ किलोमिटर लामो जलाशय बन्ने र त्यसले जल यातायात, पर्यटन तथा जल आधारित व्यवसाय विस्तारमा योगदान पुर्‍याउने उनको दाबी छ। साथै, जलाशय क्षेत्र वरपर करिब ३०० किलोमिटर रिङरोड निर्माण तथा होटेल-रिसोर्टजस्ता पूर्वाधार विकासमार्फत स्थानीय अर्थतन्त्र चलायमान हुने उनले उल्लेख गरेका छन्।

धादिङ क्षेत्र नम्बर १ का पूर्वसांसद समेत रहेका पाण्डेले आयोजनाका फिल्ड कार्यालयहरू काठमाडौँ र सिउरेनीटारमा सञ्चालनमै रहेको अवस्थामा परियोजनालाई ओझेलमा पार्ने गतिविधि नगर्न सरकारलाई आग्रह गरेका छन्।

उनले अर्थमन्त्रीलाई आयोजनाप्रति निराशा व्यक्त गर्नेभन्दा आवश्यक वित्तीय स्रोत व्यवस्थापन र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन ध्यान दिन सुझाव दिएका छन्।

0 Comments