२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आवको बजेट खर्च लक्ष्यभन्दा कमजोर, पुँजीगत खर्च ३१ प्रतिशतभन्दा कम

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ समाप्त हुन ४५ दिन बाँकी रहँदा सरकारले कुल विनियोजित बजेटको करिब ६४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार १५ जेठसम्म कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको ६३.७६ प्रतिशत हो ।

तथ्यांक अनुसार चालुतर्फको खर्च अपेक्षाकृत उच्च देखिए पनि पुँजीगत खर्चको अवस्था कमजोर रहेको छ । चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको ७२.८५ प्रतिशत बराबर हो ।

यता पुँजीगत खर्च भने ४ खर्ब ७ अर्ब रुपैयाँको लक्ष्य राखिएकोमा १ खर्ब २३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल लक्ष्यको ३०.१८ प्रतिशत मात्र हो ।

वित्तीय व्यवस्थापनतर्फ भने ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरिएकामा २ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ । उक्त खर्च लक्ष्यको ७१.६४ प्रतिशत रहेको महालेखाको विवरणमा उल्लेख छ ।

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सार्वजनिक खर्च व्यवस्थापनसँग सम्बन्धित पुरानै संरचनात्मक समस्या पुनः देखिएको छ । राजस्व संकलन लक्ष्यअनुसार नहुने र विनियोजित बजेट समयमै खर्च हुन नसक्ने प्रवृत्ति विगतझैँ यस वर्ष पनि दोहोरिएको देखिएको हो ।

राजस्व संकलनतर्फ बुधबारसम्मको विवरण सार्वजनिक गरिएको छ । त्यसअनुसार हालसम्म १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व उठेको छ, जुन वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत हो । सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

हालको तथ्यांक अनुसार राजस्व संकलन र सरकारी खर्चबीच करिब २ खर्ब रुपैयाँ बराबरको अन्तर देखिएको छ ।

0 Comments