काठमाडौँ । आगामी आर्थिक वर्षका लागि तयार गरिएको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
काठमाडौँमा केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट प्रस्ताव अनुमोदन गरिएको हो ।
बैठकबाट बजेट पारित भएसँगै अब यसलाई संघीय संसद्मा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाइएको छ ।
स्वीकृत बजेट आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।







