२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआई आधारित आर्थिक रूपान्तरणमा जोड, १५ नेपाली अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिने

अ+ अ-

काठमाडौँ । सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अर्थतन्त्र निर्माण तथा उच्च मूल्यका डिजिटल रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रलाई उच्च मूल्यका एआई तथा कम्प्युटिङ सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरिएको जानकारी दिए।

नेपालमा उपलब्ध सूचना प्रविधि जनशक्तिको क्षमता कृत्रिम बुद्धिमत्ता प्रविधिको विकासमा उपयोग गर्दै सीपयुक्त रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको विस्तार तथा एआईमा आधारित आर्थिक रूपान्तरणको आधार निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ।

यसैक्रममा, आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति हासिल गरेका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरिने घोषणा गरिएको छ। उनीहरूलाई नेपाल फर्केर अनुसन्धान, नवप्रवर्तन तथा जनशक्ति विकासमा योगदान गर्न आमन्त्रण गरिने बजेटमा उल्लेख छ।

सरकारले एआई, डिजिटल प्रविधि तथा ज्ञानमा आधारित उद्योगको विकासमार्फत प्रतिस्पर्धी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारेको जनाएको छ।

0 Comments