२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भिजिट भिसा’ दुरुपयोग नियन्त्रणका लागि कडाइ गर्न  प्रधानमन्त्री शाहको निर्देशन 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘भिजिट भिसा’ प्रणालीको दुरुपयोग रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भिजिट भिसासम्बन्धी प्रक्रिया र त्यसमा देखिएका चुनौतीबारे सरकारको धारणा प्रस्तुत गरेका हुन्।

उनका अनुसार भिजिट भिसामा विदेश पुगेपछि रोजगारीका लागि अनुमति प्राप्त भए पनि श्रम भिसा प्रक्रियाका लागि स्वदेश फर्कनुपर्ने अवस्थाबारे पनि अध्ययन भइरहेको छ। सो व्यवस्थालाई सहज बनाउन श्रम मन्त्रालयले वैकल्पिक प्रक्रियामा काम गरिरहेको उनले बताए।

यसैबीच, विद्युत् उपभोगमा लागु गरिएको मूल्य अभिवृद्धि करसम्बन्धी प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विद्युत् पूर्वाधार विस्तारका लागि आवश्यक स्रोत जुटाउन उक्त कर व्यवस्था गरिएको स्पष्ट पारे।

उनका अनुसार देशलाई तत्काल पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण गर्न सम्भव नभएकाले प्रसारण प्रणाली, सबस्टेसन तथा ट्रान्सफर्मरको क्षमता विस्तार अनिवार्य छ।

प्रधानमन्त्री शाहले हालको पूर्वाधारले घरायसी स्तरमा ठूलो मात्रामा विद्युतीय चुल्हो वा इन्डक्सन प्रयोग धान्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै संरचनागत क्षमता विकासका लागि लगानी आवश्यक रहेको बताए। 

त्यसैका लागि विद्युत् उपभोगमा तोकिएको सीमाभन्दा माथि कर लगाइएको र त्यसबाट संकलित रकम पूर्वाधार सुधारमा प्रयोग गरिने उनले स्पष्ट पारेका छन्।

0 Comments