२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ दिल्लीमा रास्वपा सभापति लामिछाने र भाजपा नेताबीच छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भारत भ्रमणका क्रममा रहेका लामिछानेले भाजपाको केन्द्रीय कार्यालय पुगेर नवीनसँग भेट गरेका हुन्। भेटका क्रममा नेपाल-भारत सम्बन्ध, दुई दलबीचको संवाद तथा आपसी सहकार्यका विभिन्न आयामबारे विचार आदान-प्रदान भएको जनाइएको छ।

भाजपाका अनुसार छलफलमा द्विपक्षीय चासोका विषय तथा राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे पनि कुराकानी भएको थियो।

रास्वपाका प्रवक्ता मनीष झाले सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले जेठ १८ देखि २२ गतेसम्म भारतमा रहँदा विभिन्न राजनीतिक तथा कूटनीतिक तहका भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

भाजपाले नेपाली सत्तारुढ दलका नेतासँगको यो संवादले दुवै देशका राजनीतिक दलहरूबीच संस्थागत सम्बन्ध विस्तार गर्न तथा आगामी सहकार्यका सम्भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

रास्वपाका अनुसार भ्रमणको प्रमुख उद्देश्य दुई दलबीचको सम्बन्ध विस्तार गर्नुका साथै संगठन निर्माण, लोकतान्त्रिक अभ्यास र जनतामुखी राजनीतिक कार्यशैलीका अनुभव आदान-प्रदान गर्नु रहेको छ।

भारत भ्रमणमा लामिछानेसँगै रास्वपाका महामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा र निकिता पौडेल पनि सहभागी छन्। भ्रमणका क्रममा भारतीय भूमिमा रहेका नेपाली समुदायसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।

रास्वपाले नेपाल र भारतका सत्तारुढ राजनीतिक शक्तिबीच सुरु भएको प्रत्यक्ष संवादले भविष्यमा दलगत सम्बन्ध र क्षेत्रीय सहकार्यका नयाँ अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरेको छ। साथै, भ्रमणसँग सम्बन्धित कार्यक्रमहरूको समन्वय नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भइरहेको जनाएको छ।

0 Comments